२०७८ श्रावण १० , आइतवार

कतार एयरवेजद्वारा अगस्टदेखि लुसाका र हरारेसम्म नयाँ सेवा सञ्चालन

FILE PHOTO: A Qatar Airways aircraft takes off at the aircraft builder’s headquarters of Airbus in Colomiers near Toulouse

सुनाखरी न्युज/ काठमाडौं – कतार एयरवेजले आफ्नो प्रतिष्ठित सेवालाई विस्तार गर्दै अगस्टदेखि अफ्रिकाका दुई महत्वपूर्ण गन्तव्य जाम्बिया र जिम्बावेलाई आफ्नो गन्तव्यस्थलहरूको सूचीमा राख्ने जानकारी दिएको छ ।

लुसाका र हरारेको लागि नयाँ सेवा बोइङ ७८७ ड्रीमलाइनरको साथ सञ्चालन गर्ने निर्धारित गरिएको छ । यसले जाम्बिया र जिम्बावेका यात्रीहरूलाई कतार एयरवेजको १४० भन्दा बढी गन्तव्यहरूको ग्लोबल नेटवर्कसँग जोड्नेछ । यी दुई नयाँ मार्गहरूसँगै एयरलाइनले अफ्रिकाका २७ गन्तव्यहरूका लागि १०० भन्दा बढी साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ ।