२०७८ श्रावण १० , आइतवार

मध्यपुर ठिमीबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

card

सुनाखरी न्युज/  भक्तपुर – मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली डेरा गरी बस्ने जनक बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे घुम्लु गाउँपालिका १ घर भएका रमेश पन्त समेत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ३ सय ६० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।