२०७८ श्रावण १० , आइतवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

petrol

सुनाखरी न्युज/ काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य २ रुपैयाँको दरले बढाएको हो ।

 

बढेको मूल्य समायोजनपछि अब पेट्रोलको भाउ १२७ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ । आन्तरिक तर्फको हवाई इन्धनको मूल्यमा पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य बढेर ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । यस्तै, अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरिएको छ ।

 

नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएकाे हो । निगमले अझै पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दावी गरेको छ ।