२०७८ श्रावण १० , आइतवार

स्वास्थ्य सामग्री सहित पूर्व अर्थमन्त्री डा. महत ककनीमा

Capture

सुनाखरी न्युज/ काठमाडौं – पूर्व अर्थमन्त्री डा रामशरण महतले ककनी गाउँ पालिका अन्तर्गतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

 

स्वास्थ्य सामग्री सहित ककनी पुग्नु भएका डा. महत तथा महतको सचिवालयबाट खटिएका सचिवालय सदस्य प्रदिप थापा, रामेश्वर थापा, हरि दुलाल लगायतको टिमले सोमवार ककनी पुगेर उक्त स्वास्थ्य सामग्री ककनी गाउँपालिका उपाध्यक्षलाई हस्तान्तरण गरिएको छ । हस्तान्त्रण गरेको स्वास्थ्य सामग्रीहरुमा सेनिटाइजर, पि पि , जिङ्क ट्यावलेट, भिटामिन सि लगायत स्वास्थ्य सामग्री रहेको डा महतको सचिवालयबाट जानकारी गराइएको छ ।

 

यस अघि पनि डा महत ले पञ्चकन्या, शिवपुरी,सुर्यगढी ,लिखु, दुप्चेश्वर, तादी लगायतका स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्रीहरु वितरण गरिसक्नु भएको छ।