२०७८ असार ७ , सोमवार

कांग्रेसको महाधिवेशन राष्ट्रिय परिस्थिति र संबैधानिक प्राबधान अनुसार हुने : कांग्रेस नेता श्रेष्ठ

1

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता एबं केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको महाधिवेशन बारेमा सभापति शेर बहादुर देउवाको आधिकारिक धारणा आइसकेको हुदा राष्ट्रिय परिस्थिति , कार्यकर्ता को चाहना र संबैधानिक प्राबधान अनुसार नेपाली कांग्रेसको १४ औ महाधिवेशन सम्पन्न हुने कुरा बताउनु भएको छ ।

 

आज प्रदेश नं. १ का सबै जिल्ला सभापति र केन्द्रीय सदस्यहरुको भर्चुअल भेला लाइ संबोधन गर्दै कांग्रेस नेता श्रेष्ठले भन्नुभएको छ – यो अबस्थामा महाधिवेशन कसरी गर्ने ? कहिले गर्ने ? कस्तो विकल्पहरु अबलम्बन गर्ने ? भन्ने सम्बन्धमा छिट्टै बस्ने पदाधिकारी तथा पुर्ब पदाधिकारीको बैठकले सर्बसम्मत निर्णय गर्ने छ । यो अबस्थामा पार्टी भित्र महाधिवेशनको बारेमा अलग धारणा बनाउदै भेला गर्नु ठिक होइन । नेपाली कांग्रेसको नेतृत्वले आम कार्यकर्ता र शुभेच्छुक हरुको भाबना र हित बमोजिम महाधिवेशनको परिवर्तित कार्यतालिका छिटोभन्दा छिटो सार्बजनिक गर्ने छ । सो भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बाबुराम बस्नेतले कोरोना महामारी र संबैधानिक प्राबधान अनुसार कांग्रेसको १४ महाधिवेशनका लागि स्थानीय तहका अधिबेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन सम्म आइपुग्न बर्तमान परिस्थिति अत्यन्तै कठिन रहेकोले नेपाली कांग्रेसले महाधिवेशनका बारेमा सर्बसम्मत र उपयुक्त निर्णय लिने नै छ भन्नुभएको थियो ।

 

केन्द्रीय सदस्य टि.एन. योगीले महाधिवेशन बारेमा संबैधानिक र कानुनी चर्चा गर्दै महाधिवेशन समयमा नै गर्नु पर्दछ भन्नुहुदै काबु बाहिरको परिस्थितिमा महाधिवेशन हुन नसक्दैमा नेपाली कांग्रेस पार्टी संबैधानिक र कानुनी संकटमा पर्ने चाहि होइन भन्नुभयो । संबिधान अनुसार प्रत्येक ५/५ बर्षमा पार्टी को केन्द्रीय समिति र प्रदेश कार्यसमितिको निर्बाचन हुनु पर्ने प्राबधान छ । बिशेष परिस्थितिमा ६ महिना थप गर्न सकिने प्राबधान संगै दल दर्ता सम्बन्धी ऐन २०७४ को दफा ५४ को उप दफा (१) ख बमोजिम बिशेष परिस्थितिमा अधिबेशन हुन नसकेमा वा नगरेमा परिस्थिति जन्य उन्मुक्तिको कानुनी ब्यबस्था रहेको ले नेपाली कांग्रेसको १४ औ महाधिवेशन कोरोना महामारीको निषेधाज्ञा पुर्ण संकटका कारण सार्न सकिने कुरा बताउनु भएको थियो ।

 

सो कार्यक्रममा एक नंबर प्रदेशका १६ जिल्ला सभापतिहरूले महाधिवेशन गर्नु पर्ने संबैधानिक अवस्था र मुलुकमा बिध्यमान स्वस्थ संकटको अवस्था समेतलाई ख्यालमा राखेर महाधिवेशन बारे निर्णय लिनु राम्रो हुने बताएका थिए । नेपाली कांग्रेसको १४ महाधिवेशन जसरिपनि गर्नु पर्ने तर पार्टी कार्यकर्ता एबं आम जनताको स्वास्थ र जिबन रक्षालाइ पहिलो प्रार्थमिकता दिनु पर्ने उनीहरुको धारणा थियो ।केन्द्रीय सदस्य डा. योगिले जवाफ दिनुभएको सो भर्चुअल अन्तरक्रिया कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस उदयपुर जिल्ला सभापति बिदुर बस्नेतले गर्नु भएको थियो भने संचालन पाचथरका सभापति नरेन्द्र केरुङले गर्नुभएको थियो ।