२०७८ असार १० , बिहिवार

राष्ट्रिय वाणिज्य बैंकले हालै जारी गरेको ऋणपत्र “८.५०% आरबिबिएल डिबेन्चर २०८३”मा लगानीकर्ताको उल्लेखनीय सहभागिता

RBB Building

सुनाखरी न्युज/ काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७८ जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको प्रति ऋणपत्र रु.१००० अंकित दरको २५ लाख कित्ताले हुन आउने रु.२ अर्ब ५० करोडको “ ८.५०% आरबिबिएल डिबेन्चर २०८३” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ २८ गते बन्द भएको हो ।

 

लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वास देखाउनु भएकोमा सम्पूर्ण लगानीकर्ता प्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढि नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको विश्वास बैंकको रहेको छ ।