२०७८ असार १ , मंगलबार

धनुषामा पोखरीमा डुबेर ५ बालिकाको ज्यान गयो

dhanusha1620215769

सुनाखरी न्युज/ काठमाडौं-
धनुषाका  पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको छ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष उमेर समूहका ५ जना बालिकाको डुबेर ज्यान गएको प्रहरी उपरीक्षक रानाभाटले बताए।

उनका अनुसार पोखरीबाट ५ जना बालिकाको शव निकालिए पनि दुई जनाको अझै खोजी भइरहेको छ।

‘पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको खबर पाउनासाथ प्रहरी जाँदा ५ जना बालिकाको शव निकालेको हो,’ एसपी रनाभाटले  भने, ‘दुई जना बालिका अहिले पनि बेपत्ता छन्, उनीहरु पोखरीबाट गाउँ गए वा पोखरीमै रहेको त्यसको यकिन हुन सकेको छैन्।’

 

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र नेतृत्वको प्रहरी टोली घटनास्थलमा रहेको रानाभाटले जानकारी दिए।