२०७८ असार ७ , सोमवार

JCB बोकेको ट्रकमा करेन्ट लाग्दा ट्रकमा सवार २ जनाको मृत्यु, २ जना घाईते

15

सुनाखरी न्युज/ सोलु – सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा JCB क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा रोडमाथी टागिएको बिद्युतको मेन तारमा JCB ले छुईन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

 

मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार JCB चालक स्याङजा का २३ बर्षीय राम परीयार रहेका छन् । घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् ।

 

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।