२०७८ असार ७ , सोमवार

सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त

5

सुनाखरी न्युज/ काठमाडौं – निमित्त सीईओको रुपमा काम गर्दै आएका सुनिल पोखरेल अब भने सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ पदभार सम्हाल्दै आएका पोखरेल आगामी चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् ।

 

वि.सं २०७६ जेठ २ मा सिभिलको डेपुटी सीईओमा नियुक्त भएका उनी तत्कालिन एनआईसी, नविल, स्टाण्र्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३ दशक बैंकिङ क्षेत्रका अनुभवी हुन् ।