२०७८ असार ८ , मंगलबार

नेपालले आज अष्ट्रेलियासँग खेल्दै

Nepal-Football

सुनाखरी न्युज /काठमाडौं ।

नेपालले आज  विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जवर्डनसंग ३-० ले पराजित भएको थियो ।

 

समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ ।