२०७८ जेठ ३० , आइतवार

शेयर बजारमा सामान्य अंकको गिरावट

nepse

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । हिजो बुधबार १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको थियो । आज नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, आज बोटलर्स नेपाल र रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रोइलोक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८३ करोड ९२ लाख २ हजारको कोरोबार भएको छ ।