२०७८ जेठ ३० , आइतवार

३० लाख बढी स्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

Capture

सुनाखरी न्युज/ रौतहट – स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित प्रहरीले रौटहटबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ ल्याउदै गरेको रकमसहित बुधबार बिहान रौतहटको रामपुरखापस्थित नेपाल भारत सीमाबाट दुईजनालाई पक्राउ गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय रौतहतका प्रमुख एसपी सिद्दी बिक्रम शाहका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवार रहेका छन् ।