२०७८ असार ७ , सोमवार

अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण निधन, महासंघ गण्डकी प्रदेश समिति स्तब्ध

yeze Sir

सुनाखरी न्युज/ काठमाडौँ – नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य एवं अग्रज पत्रकार यज्ञ प्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति स्तब्ध र मर्माहत भएको छ ।

 

कोरोना संक्रमण पुष्टि भएपछि रिजनल अस्पताल पोखरामा उपचार गराईरहनुभएका अग्रज पत्रकार बास्तोलाको विहिबार विहान ३ M १० बजे उपचारको क्रममा पोखराको चरक अस्पतालमा निधन भएको हो । उहाँलाई बुधबार थप समस्या देखिएपछि रिजन अस्पतालबाट चरक अस्पतालमा भर्ना गरिएको थियो । कास्कीको पुरञ्चौरमा वि.सं. २००८ सालमा जन्मिनुभई हाल पोखरा ५मा स्थायी वासिन्दा रहनुभएका स्वर्गीय बास्तोलाका दुई श्रीमति, तीन छोरा र एक छोरी हुनुहुन्छ । पोखरामा झण्डै चार दशक पत्रकारिता गर्नुभएका स्वर्गीय वास्तोला पोखराको माछापुच्छ«े एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोता देखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गर्नुभएको थियो ।

 

उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील, इमान्दार र यस क्षेत्रको एक अभिभावक गुमाएको छ । महासंघ गण्डकी प्रदेश समिति यस दूखद् क्षेणमा स्वर्गीय पत्रकार बास्तोला प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ । कोरोनाकै कारण गण्डकी प्रदेशमा तीन जना पत्रकारको निधन भएको छ भने ११७ भन्दा बढी पत्रकार संक्रमित भएका छन् । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ गण्डकी प्रदेश समिति सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ ।