२०७८ असार ६ , आइतवार

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण सार्वजनिक : काठमाडौंसहित १४ ठाउँमा जग्गा, २२ तोला सुन

1

सुनाखरी न्युज/ काठमाडौँ – स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उहाँले सम्पत्तिको सम्पूर्ण विवरण पछि उपलब्ध गराउने उल्लेख गर्नुभएको थियो।

 

उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उहाँको काठमाडौंसहित देशका विभिन्न १४ ठाउँमा जग्गा छ । पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उहाँको र उहाँकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ । उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा जग्गा छ भने तामाङको नाममा काठमाडौं र सिन्धुपाल्चोकमा जग्गा छ ।

 

त्यस्तै, उनले आफूसँग २२ तोला सुन रहेको बताउनुभएको छ । उहाँको काठमाडौंको गोकर्णेश्वरमा घरसहितको जग्गा छ । उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरण तल उल्लेख छ ।