२०७८ असार ६ , आइतवार

सभामुख सापकोटाले बोलाए ओली सहित शीर्ष नेताहरुको सर्वदलिय बैठक

1

सुनाखरी न्युज/ काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओली सहित संसदमा प्रतिनिधित्व गर्ने सवै दलका शीर्ष नेताहरुको सर्वदलिय बैठक बोलाएका छन् ।

 

उनले पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् । सभामुख सापकोटाले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।

 

सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेको संसद सचिवालयले जनाएको छ ।