२०७८ जेठ ३० , आइतवार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश, ९ असार  देखि नियमित सुनुवाइ हुने

Cholendra_Samser_Rana

सुनाखरी न्युज/ काठमाडौँ — ‍

प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

त्यस्तै, यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ । रिट निवेदकले अन्तरिम आदेश माग गरेपनि इजलासले त्यो भने दिएन । रिट निवेदकमध्ये शेरबहादुर देउवासहितका १ सय ४६ सांसदको निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुने भएको हो ।

देउवालगायतको निवेदनको परिणामले अन्य रिट निवेदनलाई प्रभाव पार्ने भन्दै उक्त निवेदनलाई सुरुमा सुनुवाइ गर्ने भएको हो ।