२०७८ असार ७ , सोमवार

खाधान्न राहत बितरण

20210609_071359

सुनाखरी न्युज/ काठमाडौं – ट्रेकिंङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान), पश्चिमान्चल क्षेत्रीय संघ, पोखराको आयोजना , कर्मा फ्लाईट्स फाउन्डेसन नेपालको साझेदारी , नेपाल पर्यटन बोर्डको सहयोग र समन्वय, स्थानीय पो म न पा वडा नं ६ को समन्वयमा पोखरा ६, शान्तिपाटन , टानको सचिबालय भवन परिसरमा स्वास्थ्य मापदन्डहरुको पुर्ण पालना गरि अति प्रभाबित बिपन्न पदयात्रा मजदुरहरु (पथप्रदर्सक र सहयोगीहरु) को सहयोगार्थ तत्काल रासन राहत स्वरुप बिभिन्न खाधान्न हरुको राहत बितरण गरियो । राहतमा बितरण गरिएका खाधान्नहरु: चामल, दाल, चना/केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुन ।

 

बितरण गरिएको संख्या: १३० जना (अति बिपन्न पदयात्रा मजदुरहरु, गाईड/सहयोगीहरु) कास्की र नेपालको बिभिन्न ठॉउहरुबाट रोजगारीका लागी पोखरामा बालबच्चा सहित परिवारको साथमा घरभाडामा बसेका , बिगत १ बर्षदेखि पदयात्रामा बेरोजगार भै बैकल्पिक दैनिक रोजगारी गरिरहेका मजदुरहरु कोरोनाको दोस्रो लहरको बर्तमानको निशेधाज्ञाका कारण घरबाहिर निस्कने अवस्था नहुदा , यथेस्ट संचित खाधान्न हरु को अभाब भै चुल्हो बल्न समस्या भएका कारण तत्काल रासन राहतको आवस्यकता भएका अति बिपन्न पदयात्रा मजदुरहरुको राहतको लागी यो अभियान गरिएको समेत अवगत गराउदछौं । यो अभियान तत्कालको चुल्हो बाल्ने मात्र अल्पकालिन समस्या समाधानको लागी भएको र नेपालको पदयात्रा पर्यटनले पुन: गति लिएर लयमा फर्कनका लागी कति समय लाग्ने भनि यसै यकिन गर्ने अवस्था छैन । अत: दीर्घकालिन रुपमा पदयात्रा मा आश्रीत मजदुरहरुको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाईराख्नका लागी नेपाल सरकार , प्रदेश सरकार, स्थानीय सरकार र सरकारका बिभिन्न निकायहरु को टान गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।

उक्त कार्यक्रमको प्रमुख अतीथी पोखरा महानगरपालीका वडानं ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र विषेश अतीथी पोखरा पर्यटन परीषदका अध्यक्ष गोपी बहादुर भटराई हुनुहुन्थ्यो । टान पोखराका द्धितिय उपाध्यक्ष कृष्णपसाद आचार्य संयोजक रहनुभयको उक्त कार्यक्रमको सभापतीत्व संस्थाका अध्यक्ष  शुसील राज पौडेलले गर्नुभएको थीयो । टान पोखराका पुर्व अध्यक्षहरु टिकाराम सापकोटा ,सोम बहादुर थापा , आन्तरीक पर्यटन प्रर्वद्र्धन समीतीका संयोजक अग्नी कडेल लगायत वडानं ६ का जनप्रतीनिधी हरुको उपस्थीतमा राहात सहयोग गरीयको थीयो ।