२०७८ असार ६ , आइतवार

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटन सम्बन्धी मुद्धाको सुनुवाइ आज

Court

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ (आज) बुधवार हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमवार आजकालागि सुनुवाइ सारेका थिए । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतवार गठन गरी सुनुवाइ शुरू गरेर हेर्दाहेर्दैमा सोमवारका लागि राखिएको थियो । पछि बुधबारकालागि सारिएको हो ।

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । विवादमा ३० रिट निवेदन परेका छन् ।

मन्त्रिपरिषद्को जेठ ८ गतेको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।