२०७८ असार ७ , सोमवार

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ

SC

सुनाखरी न्युज/ काठमाडौं – प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ हुँदैछ। यसअघि यो मुद्दा हेर्दाहेर्दैमा राखिएकोमा आज बुधबारका लागि पेशी तोकिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गठन गरेको संवैधानिक इजलास सम्बन्धमा बिबाद देखिएको थियो।

 

सरकार पक्षका वकिलहरूले यसबारे प्रश्न उठाएका थिए। गत आइतबार सुनुवाइका क्रममा: सरकारी वकिलले संवैधानिक इजलासका सदस्यबारे प्रश्न उठाएका थिए। त्यसपछि सोमबारका लागि तोकिएको पेशी प्रधानन्यायाधीश बिरामी भएपछि स्थगित गरिएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग तथा प्रतिनिधि सभा पुनर्स्थापना भए प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित रिट परेका थिए।