२०७८ असार ८ , मंगलबार

अव विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने

NRB

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले  वैदेशिक लगानी भित्र्यानउ पूर्व स्वीकृति लिनु नपर्ने गरी विनियमाली बनाएको छ । राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण निनियमावली २०७८’ जारी गर्दै नेपालमा लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले गत माघमा नै यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारे पनि स्वीकृत भने गरिएको थिएन । माघमा तयार पारेको विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो ।

योसँगै अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन ।