२०७८ असार ६ , आइतवार

नेप्सेमा थपियो २० लाख बढी कित्ता सेयर

Capture

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २० लाख बढी कित्ता थपिएको छ। नेप्सेमा आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको २० लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।

 

यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई कुल १०.५२६३ प्रतिशत लाभांश बाँडेको थियो। जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२५३ प्रतिशत नगद (कर प्रयोजनार्थ) रहेको थियो। सोही १० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।