२०७८ असार २ , बुधवार

जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरहितका स्वास्थ्य सामग्री

1

सुनाखरी न्युज/ काठमाडौं – जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित पठाएको विभिन्न स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

 

जर्मन सरकारले नेपालमा कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम बुट, २०० बडी ब्याग, पाँचवटा आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर डिसइन्फेक्टेन्ट पठाएको जनाइएको छ ।