२०७८ असार १ , मंगलबार

चट्याङमा परी १ जनाको मृत्यु

Capture

सुनाखरी न्युज/ मोरङ – मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भईरहेको छ ।