२०७८ असार ७ , सोमवार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्टलाई नै विश्वासको मत दिने कांग्रेसको निर्णय

Trilochan Bhatta

सुनाखरी न्युज/ धनगढी —

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसले भट्ट नेतृत्वकै सरकारलाई साथ दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको  बैठकले ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको सांसद टेकबहादुर रैकाले बताए । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेससँग १२ मत छ । कांग्रेसको यो निर्णयपछि मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन मतसंख्यामा कमी नहुने अवस्था बनेको छ ।

 

मुख्यमन्त्रीलाई विश्वासको मत लिन २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेको छ । अहिले मुख्यमन्त्री भट्टले प्रदेशसभामा सम्बोधन गरिरहेका छन् ।