२०७८ असार १० , बिहिवार

वेवारिसे अवस्थामा रहेका विभिन्न ब्राण्डका मदिरा बरामद

Capture

सुनाखरी न्युज/ मोरङ – जहदा गाउँपालिका-१ बुधनगरस्थित सडक नजिकको खाली जग्गामा को.३२ प ९५२१ र को.२० प ८७६१७ नम्बरका २ वटा मोटरसाइकलमा लोड गरी वेवारिसे अवस्थामा राखिएको करिब ४ लाख ९० हजार ६ सय रुपैयाँ मूल्य बराबरको बिभिन्न ब्राण्डका मदिरा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

 

उक्त स्थानमा अवैध मदिरा राखिएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले ती मोटरसाइकलमा लोड गरी वेवारिसे अवस्थामा रहेको दिलवाले लेखिएको ३ सय मिलिग्रामको ३ सय ९ काटुन, उंमग लेखिएको ३ सय मिलीग्रामको २ सय ७७ काटुन र बिभीन्न ब्राण्डको खुल्ला मदिरा १ हजार ९ सय बोतल फेला पारी बरामद गरेको हो । बरामद मदिरा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।