२०७८ असार २ , बुधवार

उदेश्य, विचार र कार्यक्रममा एकरुपता छ भने तिन भन्दा वढि घोडाले तानेको रथ पनि दौडन सक्छ : पाठक

Capture

सुनाखरी न्युज/ काठमाडौं – उदेश्य, विचार र कार्यक्रममा एकरुपता छ भने तिन भन्दा वढि घोडाले तानेको रथ पनि दौडन सक्ने बताउ छन राप्रपा युवा नेता जनक राज पाठक । पाठक सामाजिक संजालमा लेख्दै भन्छन : श्रृष्टिको प्रारम्भ देखिनै सातवटा घोडाले तानेको सूर्यको रथ आजसम्म दौडिरहेको छ। मुख्यकुरा घोडाले वोकेको पवित्र विचार,उदेश्य र कार्यक्रम हो।

 

उदेश्य,विचार र कार्यक्रममा एकरुपता छ भने तिन भन्दा वढि घोडाले तानेको रथ पनि दौडन सक्छ तर विचारमा एकरुपता आएन, भएन, देखिएन भने एउटै घोडा भयपनि दौडने हैन हिडन पनि सक्दैन अझ थचक्क वस्छ। संयुक्त रथ हाक्ने सुवर्ण आवसर आएकै हो। हाक्न नजान्नु त सारथिको पनि कमजोरी हो नि।नाच्न नजान्ने ले आगन टेडो भन्नु उपयुक्त हैन। तिव्र गतिमा दौडियर सिंहदरबार पस्ने कि सिंहदरबार हैन आफुले वोकेको खजाना लियर जनताको घरदैलो तिर हिडने।

 

दौडाइ र हिडाइमा तालमेल नमिलेकै हो त ? तालमेल मिलेन भने रथ भाचिन्छ वा धरापमा फस्छ। गन्तव्य नै ठिक नभयको भय वा मार्गचित्र मै तालमेल नमिलेको भय जतिदिन हिडियो,हिडियो अव तिनवटै घोडा एकआपसमा परस्पर सम्वन्ध कायम रहने गरि पुन अर्को मोडमा भेटियो भने अंकमाल गर्ने गरि जग हसाउनु भन्दा हिन्दु हरुको आधार ग्रन्थ गीता संग माफि माग्दै हाललाइ आ-आफ्नै तवेलामा वस्ने सोच वनाउनु भयको हो त ?