२०७८ असार १० , बिहिवार

सोह्रखुट्टेका डिएसपी खड्कामाथि कारबाही, छानबिन गर्न समिति गठन

dipakkhadka1

सुनाखरी न्युज/ काठमाडौं-

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत् प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्कालाई कारबाही गरिएको छ। आर्थिक अनियमिततामा उनलाई  नसियत दिइएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले खड्कालाई कारबाहीस्वरूप नसियत दिइएको बताए। ‘उहाँलाई कार्यरत् स्थानबाट हटाएर पहिलो कारबाही गरिएको थियो, मैले नसियत दिएर अर्को कारबाही गरेको छु,’ एआइजी पालले भने।

नसियत कारबाहीमा परेको प्रहरी अधिकृत बढुवा प्राथमिकतामा पर्दैन। यस्तै, युएन मिसन, विदेश भ्रमण तथा तालिमहरूमा पनि सहभागी सूचीमा पर्दैन।

खड्कामाथि छानविन गर्न पालले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको पनि जानकारी दिए।