२०७८ असार ६ , आइतवार

नेपालीलाई कोरोना कहरबाट मुक्त गर्ने मेरो प्राथमिकता होः स्वास्थ्यमन्त्री तामाङ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् ।

आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले  बताए । उनले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए ।

उनले कोरोना परीक्षण दर पनि बढाउने बताएका छन् ।