२०७८ असार ८ , मंगलबार

शेयर बजारमा झिनो अंकको गिरावट

nepse

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सोमबार सामान्य अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै तिव्र उत्तारचढाब आएको बजारमा झिनो अंकले घटेर बन्द भएको हो ।

 

नेप्सेका अनुसार आज शेयर बजार ०.२१ अंकले घटेर दुई हजार नौ सय ६ दशमलब ७० विन्दुमा थामिएको छ भने १५ अर्ब ८१ करोड ८६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने आज १७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । त्यस्तै, लक्ष्मी बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लक्ष्मी बैंकको शेयरमूल्य आज ३.५८ प्रतिशतले घटेको छ ।

 

त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ । यसको ६२ करोड १७ लाख २९ हजारको कोरोबार भएको छ ।