२०७८ असार ६ , आइतवार

काठमाडौं महानगरले तोक्यो खोप लगाउने केन्द्र

3

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि पाँच दिनसम्म ६० वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहकालाई कोरोना भाइरस विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ । उक्त खोप लगाउनका लागि महानगरले ३२ वटा केन्द्र तोकेको छ ।

मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।