२०७८ जेठ ३० , आइतवार

कमी छ, इगो त्यागेर रम्न प्रयास गर्नलाई !

ashok

अशोक तिवारी – घरभरी जहान, खेतिपाती, बस्तुभाउ, मेलापात, चुल्होचौका आफ्नै खेतमा फलेको धानको चामल, आलिमा फलेको मासको दाल, बारीको सब्जी, दुधदही, मोही, घ्यु , बारीमा फलाएर आँफैले पेलेर लेराको तोरिको तेल, भाईचारा , सामाजिक सदभाब, श्रीमान को मुखमा हेर्न त के शिर उठाएर बोल्न पनि डराउने श्रीमती, ससुरा बुहारी , जेठाजु बुहारी बिचको दुरी, सम्मान , लवाइखवाइ, संस्कार , संस्कृति, धार्मिक परम्परा, रितिथिती , चाडबाड , कती सभ्यता र भब्यता को समय थियो कुनैबेला! तर आज के छ?

 

यि सब बिकासका बिरोध को सुचक भए, रुढिबादी भए, अब स्वतन्त्रता चाहियो अनी शारिरिक सौन्दर्य बिग्रेला भनेर मुस्किल ले दुई बच्चा, आमाबा र छोराबुहारी को अलग्गै बसोबास, ग्याँस मा पकाउन पनि श्रीमान श्रीमती बिच हानाथाप, नुन देखी सुनसम्म किन्नुपर्ने, पैसा अनुसार न गुणस्तर न सुरक्षित, बाबुआमा, दिदिबहिनी, दाजुभाइ, साथी, ब्यबसायिक मित्रता सबै लाई त्यागेर आफ्नै पछी लागोस, आफुले भनेको मानोस भन्ने श्रीमती,धनको उन्मातमा परिवार, इष्टमित्र लाई बेवास्ता गरेर बाहिर रमाउने श्रीमान, ससुरा बुहारी सँगै बसेर मदिरापान, जेठाजु कुट्न पछी नपर्ने बुहारी ,भाइचारा त परको कुरा दाजुभाइ बिच पनि पानी बराबार, मुस्किल ले चाडबाड मा भेट भए पनि सबैजना मोबाइल मा मस्त, मै लाउँ मै खाउँ, मै कमाउँ , तिथी श्राद्द भन्दा पब र डिस्को प्रेमी, जिउ ढाक्ने लुगा भन्दा लुगा प्रदर्शन गर्ने शरीर, संस्कृति को ठाउँमा बिकृति, संस्कार को ठाउँमा तिरस्कार, न पारिवारिक दायित्व न समाजप्रती उत्तरअदायी !

 

अनी यि सब ले कसरी स्थापित होस् श्रीमान र श्रीमती बिच, परिवार बिच, आफन्त बिच मायाममता? पारिवारिक माहोल, भाईचारा , बन्धुत्व, सामाजिक सदभाब, सभ्यता र शिष्टता? न आपसी मेलमिलाप न खुशी न प्रेम छ त केबल असन्तुष्टी, बैरभाब, घमण्ड, इगो ,अपमान, बिसंगती, बिकृति, बिमती, एक ले अर्कालाई सकौ। अनी यसले झगडा, कलह,अशान्ती , बैमनस्यता, बेखुसी, बिछोड, डिप्रेसन, आत्महत्या र हत्या ननीम्त्याएर के निम्त्याउँछ ? जिबनको यात्रामा एउटा अन्जान केटा र केटी बिच सम्बन्ध स्थापित हुँदै गर्दा दुई परिवार अनी ति परिवार सँग जोडीएका आफन्तजन, इष्टमित्र, साथीभाइ ,बन्धुबर्ग र शुभेच्छुक मात्र नभै नचिनेका समेत को उपस्थितीमा सुर्य चन्द्र, आकाश धर्ती, बायु तेज , अग्नी जल, देबी देवता साक्षि राखी जुन खुशी , जुन प्रेम , सदभाब साटासाट गरिन्छ, तनमन देखी हर्ष उल्हास छरिन्छ, अब सुख दु:ख एक भएर सामना गर्ने र जन्मजन्म साथ नछोड्ने कसम खाइन्छ यसलाई जिबनभर अनुसरण गर्ने हो भने लाग्दैन यस्ता क्षण को यस्ता दु:खदायी घटना को कहिल्यै समना गर्नुपर्दैन।

 

जिबन हो सुख दु:ख आउँछन जान्छन, समस्या पर्छ समाधान पनि हुन्छन, धैर्यता गुमाउन भएन , मिलेर समाधान गर्नुपर्यो, एक हातले ताली बज्दैन, एउटा पाङ्रा ले रथ चल्दैन, हो सम्बन्ध को चिसोपना पनि एकतर्फी प्रयास ले हट्दैन, एकले गरेको प्रयास लाई अर्को ले इगो त्यागेर बुझ्ने हो भने दु:ख नामको, समस्या नामको, आत्महत्या नामको, हत्या नामको कुनै अस्तित्व छैन यो संसार मा, छ त केबल प्रत्यक क्षणमा, पाइला पाइलामा, रोमाञ्चक प्रेमिल जिबन, खाँचो छ बस अनुभुतिको।