२०७८ असार १ , मंगलबार

अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनु बेइमानी हुन्छः खिमलाल देवकोटा

khim-lal-devkota

सुनाखरी न्युज/ काठमाडौं-
राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले अदालतमा बुझाइसकेको हस्ताक्षर फिर्ता लिन नहुने बताएका छन्। हस्ताक्षर फिर्ता लिनु भनेको बेइमानी काम हुने उनले बताए।

देवकोटा  हालै भएको राष्ट्रिय सभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए। यद्यपी उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल पक्षलगायतले सहयोग र समर्थन गरेका थिए। उनी  माधवकुमार नेपालनिकट हुन्।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६ बुँदे विज्ञप्ति निकालेर पार्टी एकताका लागि आह्वान गरेका थिए।

त्यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता नेपालसहित उनी पक्षका सांसदले भावी प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएमा २०७५ जेठ ३ अगाडिको संरचनामा एमालेलाई पुर्‍याउने उल्लेख थियो।

उक्त हस्ताक्षर अब फिर्ता लिन नहुने देवकोटा बताउँछन्। अध्यक्ष ओलीको प्रस्तावबारे के गर्ने भन्नेमा नेपाल पक्षका नेता भर्चुअल रूपमा आज बैठक बस्दैछन्।