२०७८ असार ७ , सोमवार

देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठमा

Deuba Prachanda

सुनाखरी न्युज/ काठमाडौं-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठ पुगेका छन्।  प्रचण्ड  सोमबार मध्यान्ह देउवा निवास पुगेका हुन्।

स्रोतकाअनुसार अहिले देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ। ‘उहाँ मध्यान्ह १२ बजेतिर बुढानिलकण्ठ आउनुभएको हो। छलफल जारी छ,’ एक नेताले भने।

कांग्रेस, माओवादीलगायत ५ विपक्षी गठबन्धनले देउवालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका थिए। यसअघि प्रचण्डले कोटेश्वर पुगेर माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।