२०७८ असार ८ , मंगलबार

घट्यो सुनको मूल्य

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३५० कायम भएको महासंघले जनाएको छ ।