२०७८ असार १० , बिहिवार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा “हेर्दाहेर्दै”मा

Suprime Court#

सुनाखरी न्युज/ काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

 

संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस भयो । बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने बताउनुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसदलगायत कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई रिट निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए ।

 

संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे दिनभर बहस भए पनि आदेश भने आएन । आइतबार पनि मूल मुद्दामा प्रवेश नगरी बहस सकिएको हो ।