२०७८ असार १० , बिहिवार

कोरोनावाट जोगिन सुनचाँदी ब्यवसायी महासंघले चलायो सचेतना अभियान

12

सुनाखरी न्युज/ काठमाडौं ।

बिश्वब्यापी महामारीकारुपमा फैलिएको कोभिड १९ वाट बच्च र बचाउन नेपाल सुनचाँदी ब्यवसायीक महासंघले सचेतना अभियान शुरु गरेको छ । अभियानको पहिलो चरण अन्तर्गत महासंघले आइतबार प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालको प्रमूख आतिथ्यातामा भर्चुवल माध्यमवाट सचेतना कार्यक्रमको आयोजना गर्यो ।

देशभरका झण्डै तीन सय ब्यवसायी सहभागी सो कार्यक्रममा प्राध्यापक डा. जगदिश प्रसाद अग्रवालले पर्याप्त सचेतता अपनाएमा कोभिड हुनवाट वच्न सकिने वताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ब्यवसायीक सचेतनाकालागि आइतबार आयोजना गरेको भर्चुवल बैठकमा प्रमूख अतिथि डा. अग्रवालले अहिलेको अवस्थामा आफ्नो सुरक्षा आफैंगर्न अग्रसर हुनुपर्ने खाँचो औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनावाट बच्न रोगप्रतिरोधात्मक शक्ति बलियो हुनुपर्दछ । यसकालागि नियमति र अनुशासितरुपमा अभ्यास गर्नुपर्दछ ।’ इम्युनिटी वनाउने कृयाकलाप गर्ने, स्वस्थ र शुखी रहने, सकारात्मक सोच राख्ने, पर्याप्त सुत्ने, रम्ने रमाउने, जस्ता कार्यहरु गर्दा कोरोना महामारिवाट लाभ पुग्ने डा. अग्रवालले बताउनुभयो । कोरोनाका कारण मृत्युदर बिश्वमा २ प्रतिशत भन्दा बढी रहेपनि नेपालमा त्यो भन्दा कम रहेको उहाले प्रष्ट पार्नुभयो ।

स्वस्थ शरिर नै मानिसको शक्ति हो भन्ने मूल नाराका साथ अगाडि सारिएको सो कार्यक्रममा मास्कको प्रायेग सवैभन्दा महत्वपुर्ण भएको डा. अग्रवालले बताउनुभयो । यस वाहेक हात धुने, सामाजिक दुरी कायम गर्ने र सजग बन्ने नै महत्वपूर्ण उपाय भएको उहाँले बताउनुभयो । हावावाट पनि सर्न स्क्ने कुार वाहिर आएकोले अहिले मास्क नै सवैभन्दा बढी महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

कोरोना लाग्नवाट कसरी वच्ने र लागिसकेपछि के गर्ने र निको भएपछि पनि के कसरी सावधानी अपनाउने भन्ने बिषयमा उहाँले प्रकाश पार्नुभयो । कोरोना लागिसेकेपछि र निको भैसकेपछि पनि पर्यप्त ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
यो रोगसँग लड्नकालागि कोरोना पोजेटिभ भए पनि नआत्तिनु नै सवैभन्दा ठूलो बम्रास्त्र भएको उहाँको भनाई छ । लागेर निको भैसकेपछि पनि समय समयमा चेक जाँच गर्दा राम्रो हुने उहाँले बताउनुभयो ।
कार्यक्रमको अद्घाटनकाक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले अहिलेको विकराल अवस्थामा कोरोनावाट बच्नकालागि भ्याक्सिन अपरिहार्य भएको उल्लेख गर्दै यथासिघ्र भ्याक्सिनको ब्यवस्था हुुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
नेपाल सुनचाँदी ब्यसायी महासंघका उपाध्यक्ष एवं ब्यवसायीक हितका निमित्त गठीत समितिका संयोजक पवन कुमार सोमानीको अग्रसरतामा सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले गर्नुभएको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, बिशिष्ठ सदस्य मणिरत्न शाक्य, पदाधिकारी, कार्यसमिति सदस्य, साधारणसदस्य तथा ब्यवसायी तथा शुभेच्छुकहरुको सहभागिता थियो ।
कार्यक्रमका प्रमूख बक्ता डा. अग्रवाल मोरङको रङगेलीमा जन्मिनुभएको हो । डा. अग्रवाल नेपालको पुरानो र अनुभवी ब्यक्तित्व हुनुहुन्छ ।