२०७८ असार ७ , सोमवार

शेयर बजारमा उल्लेख्य वृद्धि, परिसूचक र कारोबारले चुम्यो एकै दिन दुई नयाँ रेकर्ड

nepse

सुनाखरी न्युज/ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज आइतबार एकै दिन दुई नयाँ रेकर्ड कायम भएको छ । नेप्सेले आज हालसम्मकै उच्च कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । आज नेप्से ५०.१४ अंकले बढेर दुई हजार नौ सय ६ दशमलब ९१ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ जेठ २० गते बिहिबार नेप्से दुई हजार आठ सय ७५ दशमलब ९७ विन्दुमा पुगेका थियो ।

त्यस्तै, आज १७ अर्ब २७ करोड १७ लाख बराबरको कारोबार भएको छ । यो हालसम्मै उच्च कारोबार हो । यसअघि २०७८ जेठ १६ गते आइतबार १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो । आज कारोबार भएका समूहमध्ये ६ वटा समूह बाहेक अन्य समूह बढेका छन् भने आज १० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

 

त्यस्तै, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।