२०७८ जेठ ३० , आइतवार

श्याम अधिकारीको धम्पुस गाउँ सालैजोल गीत बजारमा

Capture

सुनाखरी न्युज/ काठमाडौं – लोक गायक श्याम अधिकारी हिजोआज लोक दोहरी गीतमा निकै सक्रिय रहेका छन् । गत वर्ष मात्र मेरै धम्पुस गाउँ बजारमा ल्याएर चर्चा बटुलेका अधिकारी पुनः आफ्नो गाउँ प्रतिको मोह लाई पुर्नजागर गरी बजारमा सालैजो गीत ल्याएका छन् ।

 

धम्पुस एक पर्यटकीय रमणीय गाउँ हो । यहाँ सवै जातीको बसोबास रहेको छ भने पर्यटकलाई स्वागत गर्न यहाँ विभिन्न साँस्कृतिक कार्यक्रमहरु संचालन गर्ने गरिन्छ । साँस्कृतिक कार्यक्रममा सालैजो गीतलाई पनि विषेश महत्व दिने भएको हुँदा धम्पुस गाउँको वर्णन गरि सालैजो मार्फत बजारमा ल्याएको अधिकारीले बताएका छन् । यस गीतलाई देश विदेश बाट राम्रो प्रतिक्रिया आएको र भविष्यमा आफु गायन क्षेत्रमा झन क्रियाशिल रहन हौसला मिलेको बताएका छन् ।

 

विषेश गरि धम्पुस बसोबास गर्ने, देश वाहीर रहेका, जन्म भूमि देखि कर्म भूमी गएका साथै समग्र गीत संगित प्रेमी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले गीत हेरी राम्रो प्रतिक्रिया दिएको बताएका छन् । अधिकारीले यस भन्दा अगाडी पनि थुप्रै लोक गीतहरु बजारमा ल्याई चर्चा बटुलेको धम्पुस कै समाज सेवी तथा सुभ चिन्तक भीम प्रसाद भण्डारीले बताउनु भयो ।