२०७८ जेठ ३० , आइतवार

हामी हाम्रा व्यवसायी बचाउन तल्लीन छौं तर खोप चाहियो

Chandra

चन्द्रकिशोर गौतम-

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशद्धारा यस प्रदेशका व्यवसायीहरुलाई कोभिड –१९ कोरोना भाइरसबाट संक्रमित भएका विरामीहरुलाई स्वास्थ उपचारमा सहजीकरण र सहयोग पु¥याउने उदेश्यले स्थापना गरीएको कोभिड –१९ हेल्प डेस्क समिति (चन्द्रकिशोर गौतमको संयोजकत्वमा) १०१ सदस्यीय गठन गरी १९ सदस्यीय सल्लाहकार समिति चयन गरीएको छ । सदस्यबाट सहयोग संकलन गरी सदस्य तथा सदस्यका परिवार र कालिगढहरुलाई सहयोग गरीने छ । आजसम्म सदस्यहरुले मन फुकाएर सहयोग गरीरहेको अवस्था छ । यसरी सहयोग गरेको रकम रु ७७३,८०४ रुपैया छ । भने हाम्रो कामको प्रशंसा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले रु २००,००० सहयोग गरेको छ । यो समेत गरी जम्मा ९७३,८०४ रुपैया भएको छ ।

 

यसरी हामीलाई संक्रमित र उनीहरुको परिवारबाट सहयोगको आशा गर्दै अपेक्षा गरीएको छ । हाम्रा १०१ सदस्यहरु सकृय भई रहेका छन् । गोर्खा जिल्लाको निकट अजिरकोट गा.पा.घर भई बारपाख शुलीकोट बस्ने व्यवसायी हिमबहादुर विश्वकर्मा संक्रमित भएर घरमानै बसीरहेको अवस्थामा गोर्खाबाट एम्वुलेन्स पठाई लिएर उपचार गरी घर फर्केको अवस्था छ भने एम्बुलेन्स खर्च हेल्पडेस्क समितिले तिरीदिएको छ । त्यसैगरी नवलपुल घर भई रुकुम कोटमा व्यवसाय गरी बसेको भैरहवा सुनचाँदी पसलका प्रोपाइटर ईश्वरी वि.क परिवार सहित संक्रमित भएको र श्रीमती शुशिला वि.क मनिपाल शिक्षण अस्पतालमा भर्ना भई लामो समय बस्नुपरेको हुँदा औषधी खर्चमा समेत समस्या परेको हुँदा गण्डकी हेल्प डेस्क बाट रु १५,००० र सुनचाँदी व्यवसायी संघ कास्कीले रु १५,००० गरी रु ३०,००० सहयोग पु¥याइएको छ । त्यसैगरी नवलपुरका व्यवसायी संक्रमित भई चितवन मेडिकल कलेज मा भर्ना भई लामो समय उपचार गरेता पनि ज्यान बचाउन नसकेको अवस्थामा किरीया खर्चमा सहयोग पुगोस् भन्दै रु १०,००० सहयोग गरेका छौं । त्यसैगरी बाग्लुङ्ग न.पा.७ घर भई बुर्तिवाङ बस्ने संक्रमित भई पोखरा ल्याई लेखनाथ कोभिड अस्पातालमा उपाचाररत सोम बहादुर यामु पौ.वि. लाई रु १०,००० सहयोग गरीरहेको छौं ।

यसरी कोभिड १९ बाट व्यवसायी बचाउने हाम्रो कार्यमा सवैतिरबाट प्रशंशा भएको र अझै सहयोगी मन भएका व्यवसायीहरुलाई सहयोगको आग्रह गर्दै संक्रमितहरुलाई एम्बुलेन्स, अस्पताल,अक्सिजन र औषधी सहयोग पु¥याउँद्रै संक्रमितबाट बच्नका लागी डाक्टरको परामर्श सम्पर्क तथा जुम प्रविधिबाट शिक्षा दिने अभियान रहेको छ ।

यसरी सहयोग गरेर उदाहरणीय काम गरेपनि यो नै समाधान होइन । यस महामारीवाट बच्नलाई कोरोना विरुद्ध लड्ने शक्ति भनेको खोप नै हो । सरकारले सधै लकडाउन गरेर पनि सक्दैन हामी वषौं घरभित्र रहनपनि सक्दैनौ । व्यापार व्यवसाय उद्योग धन्दा , बैंक सहकारी, यातायात सवै चलाउनुपर्छ । तपमात्रै आर्थिक क्षेत्र चलायमान हुन्छ । आर्थिक क्षेत्र चलायमान नभएसम्म अरु कुनै विकास हुदैन । चलाउन वा लकडाउन खोल्न पनि केही पुर्वाधार खडा गर्नुपर्छ । बडो सर्तकता सँग उद्योग व्यवसाय सञ्चालनमा ल्याउनु पर्छ । अझै धातुका सामाग्रीहरुमा भाइरस लामो समय जिवित रहन्छ भन्ने विज्ञहरुको भनाई छ । धातुहरुको व्यवसाय गर्ने व्यवसायी र मजदुर दुवै उच्च जोखिममा छन् । तिनलाई व्यवस्थापन गर्नुपर्छ । व्यक्ति,संघ संस्थाहरुले बेलैमा सोच्नुपर्ने वेला हो यो यसको अचुक र यस भाइरसबाट मुक्ति पाउन अहिलेको माध्यम खोप नै हो । कोरोना विरुद्ध लगाउने खोप हामीलाई भनौ वा मेटल व्यापार गर्नेहरुलाई पहिलो आवश्यकता हो ।

तर यही वर्गको मानिसलाई थाहा छैन खोप कहाँ र कसरी पाइन्छ वा लगाइन्छ । पहँुच पनि कमी छ । व्यवसायीक संघ संस्थाहरुले आफ्ना व्यवसायीहरुलाई खोप लगाउने प्रवन्ध मिलाउन सके राम्रो हुने र सहज हुने थियो तर अहिले सम्म त्यस्तो निती सरकारले बनाएको पाइएन । केबल सरकारको मुख ताक्नुको विकल्प छैन । छिटो व्यवसायीहरु र कालिगढहरुलाई भ्याक्सिनको व्यवस्था मिलाउन सम्बन्धित निकाय सँग जोडदार माग गर्दछु ।
(लेखक नेपाल सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशका सांयोजक हुनहुन्छ ।)