२०७८ असार २ , बुधवार

सानिमा लाईफले ६० करोड रुपैयाँ बरारबरको आइपीओ जारी गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्सले आइपीओ निष्काशनको प्रस्ताव पारित गर्न आज तेस्रो वार्षिक साधारण सभा गर्दैछ। कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा आव्हान गरिएको छ । कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी सानिमा लाईफले पनि सभा भर्चुअल माध्यमबाट हुनेछ ।

 

सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बरारबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ पश्चात कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । सभाले आर्थिक वर्ष २०७५/२०७६ लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा, नोक्सान हिसाब तथा हिसाव नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

 

सभामा अध्यक्षको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालकहरुको बैठक भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने सामान्य प्रस्ताव पेश हुदै छ । विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुनेछन् ।