२०७८ असार १ , मंगलबार

‎कतार एयरवेजद्वारा फुकेट उडानलाई पुनः सञ्चालन

1

सुनाखरी न्युज/ काठमाडौं – कतार एयरवेजले अन्तर्राष्ट्रिय हवाई यात्रा पुनः सुरु गर्ने क्रममा १ जुलाईदेखि थाइल्याण्डको प्रसिद्ध गन्तव्यस्थल फुकेटको लागि चार साप्ताहिक उडानहरू सुरु गर्ने भएको छ । यसका १२ साप्ताहिक बैंकक उडानहरूसँगै एयरलाइन्सले थाइल्यान्डको लागि कुल १६ साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ जसले यात्रुहरूलाई युरोप, मध्य पूर्व र संयुक्त राज्य अमेरिकाबाट यात्रा गर्ने थप सुविधा प्रदान गर्नेछ।

 

छुट्टी तथा मनोरञ्जनका लागि संसारभरका पर्यटकहरूलाई थाइल्याण्डले स्वागत गर्ने यस समय पूूर्ण रुपमा खोप लगाएका यात्रुहरूले चाँडै नै फेरि यात्रा गर्न सक्नेछन् जसको क्रममा कतार एयरवेज एवं मध्य पूर्वको एक मात्र पाँच तारे कोभिड–१९ सुरक्षा मापदण्डयुुक्त हमद अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध उत्कृष्ट आतिथ्य र सेवाको लाभ उठाउन सक्नेछन् ।