२०७८ असार ६ , आइतवार

विश्व हिन्दु महासंघद्वारा पोखरा वृद्धाश्रमलाई ६० केजी बराबरको तरकारी सहयोग

192994453_946979119470967_4035597681849734768_n

सुनाखरी न्युज/ पोखरा – विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाईरसको कारणले हरेक क्षेत्रलाई निकै प्रतिकुल असर पारेको छ जसमा सेवा र सहयोगका निम्ति स्थापना भएका संघसंस्थालाई भने निकै अप्ठ्यारो परिस्थितिको सामना गरिरख्नु परेको छ ।

 

पोखरा महानगरपालिका वडा नं १७ सितापाईला स्थित पोखरा वृद्धाश्रममा कोरोना कहरका कारण सहयोगी दाताहरुको कमि भएपछि ताजा तरकारी लगायतका बस्तुहरूको अभाब शुरु भएको थियो । यो बिषम परिस्थितिमा नागरिकोको सेवा र सहयोग बाट संचालित सबै जसो आश्रमहरुमा यस्ता समस्या शुरु भएको छ । यहि बिषयलाई मध्य नजर गर्दै विश्व हिन्दु महासंघले बिभिन्न आश्रम र गुरुकुलहरुमा आवश्यक सहयोगहरू प्रदान गर्दै आएको छ । सोही शिलशिलामा पोखरा बृद्दाश्रममा तरकारिको अभाब भएको थाहा भएपछि शनिबार विश्व हिन्दु महासंघ पोखरा नगर कमिटिले पोखरा बृद्दश्रमलाइ तिन दिनलाई पुग्ने गरि करिब ६० केजी तरकारी सहयोग गरेको छ । विश्व हिन्दु महासंघ नगर कमिटिका अध्यक्ष सबिना क्षेत्रीको नेतृत्वमा आश्रमका अध्यक्ष कुशुम केशब पराजुलीलाई तरकारी हस्तान्तरण गर्नुभएको हो ।

 

पोखरा बृद्दाश्रमलाई दैनिक २० किलो तरकारी आवश्यक पर्ने गरेको र ति सबै दाताहरु बाट नै प्राप्त हुने गरेको भन्दै अहिले कोभिड १९ को कारणले दातामा कमी आएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताउनुभयो । यस्तो विषम परिस्थितिमा विश्व हिन्दु महासंघ जस्ता संघ(संस्थाहरुको अति आवश्यक महशुस हुदो रहेछ,झ उहाँले भन्नुभयो । यस्तो महामारीको समयमा पनि आफ्नो कर्तब्य सम्झेर सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई आश्रमका अध्यक्ष पराजुलीले धन्यबाद ज्ञापन गर्नुभयो। विश्व हिन्दु महासंघ नगर कमिटि अध्यक्ष क्षेत्रीले आगामि दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।