२०७८ असार १० , बिहिवार

आज ५०४२ संक्रमित थपिँदा ८ हजार बढी डिस्चार्ज

1

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, आज ८ हजार बढी निको भएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा आज ९३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७२३, भक्तपुरमा ७३ र ललितपुरमा १४१ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७९९ जनाको मृत्यु भएको छ । अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।