२०७८ जेठ ३० , आइतवार

ब्याजदर आफैं तोक्न पाउनुपर्ने बैंकहरूको माग कति जायज ?

Bank

सुनाखरी न्युज/ काठमाडौं
कर्जाको ब्याजदर निर्धारणमा राष्ट्र बैंकले हस्तक्षेप नगरी बैंक तथा वित्तीय संस्थालाई स्वतन्त्र छाड्न बैंकले माग गरेका छन् ।  बैंकहरूबीचको प्रतिस्पर्धा तीव्र रहेकाले अन्ततः ब्याजदर तल आउने र यसको प्रत्यक्ष लाभ ग्राहकले पाउने भन्दै ब्याजदर निर्धारणमा हस्तक्षेप गर्न नहुने उनीहरूको तर्क छ ।

पुनर्कर्जा, सहुलियत कर्जा, व्यावसायिक निरन्तरता कर्जालगायत सरकारले ल्याएका कर्जा कार्यक्रममा ब्याजदर नियामक निकायले तोकिदिएका बेला बैंक तथा वित्तीय संस्थाले यस्तो माग गरेका हुन् ।

 

बैंकहरूबीचको तीव्र प्रतिस्पर्धाकै कारण हाल वाणिज्य बैंकहरूको कर्जा निक्षेपबीचको अन्तर ९स्प्रेड० तोकिएको सीमाभन्दा कम रहेकाले कर्जाको ब्याजदर निर्धारण जिम्मा बैंकलाई नै दिनुपर्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘