२०७८ असार ७ , सोमवार

सरकारको निर्णय : चार सरकारी मिडियाको नारा परिवर्तन गर्ने

1

सुनाखरी न्युज/ काठमाडौं – सरकारले ४ वटा सरकारी मिडियाको नारा परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको छ ।

 

शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउने कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको दृष्टिकोणअनुसार नारा परिवर्तन गर्न लागेको बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो –‘हामीले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रको नारा परिवर्तन गरेका छौँ । हिजो विकासका लागि सञ्चार भनिन्थ्यो भने अब नेपाल सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको राष्ट्रिय दृष्टिको सम्बृद्ध नेपाल, सुखी नेपालीको एउटा सङ्कल्पलाई अघि सार्नुभएको छ ।

 

आजको दिन हामीले निर्णय गरिसकेका छौँ, अब विकासको लागि सञ्चारको ठाउँमा समृद्धिको लागि सञ्चार बनाउँदैछौँ । हिजो एउटा फेजमा विकासका लागि सञ्चार थियो भने अब समृद्धिको लागि सञ्चार ‘स्लोगन’ परिवर्तन भएको जानकारी गराउँछु ।’ यसअघि नेपाल टेलिभिजनको नाराका रुपमा विकासका लागि सञ्चार रहेको थियो ।