२०७८ असार १० , बिहिवार

संबिधान र गणतन्त्र माथी लागेको कालोबादल नेपाली कांग्रेसले हटाउने छ : केन्द्रीय सदस्य गिरी

1

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले रास्ट्रपति र प्रधानमन्त्री को असंवैधानिक र स्वेच्छाचारी कदमका कारण संबिधान र गणतन्त्र माथी लागेको कालोबादल नेपाली कांग्रेसले हटाउने छ भन्नुभएको छ ।

 

मुलुकको समसामयिक राजनीति र नेपाली कांग्रेसको भुमिका बारेमा आज एक रेडियो अन्तरबार्ता बोल्नु हुँदै एमाले सरकार र रास्ट्रपतिका कारण संबिधान र संसदीय लोकतन्त्र माथी प्रहार भएको च । सरकार नेपाल र नेपाली जनताको हित र स्वार्थ भन्दा अरुकससैको हित स्वार्थमा अगाडि बढी रहेको छ । नागरिकता बिधेयक संसदमा बिचाराधिन हुदाहुदै रातारात नागरिकता बिधेयक ल्याउनु र चुरेभावर दोहन गर्न खुल्ला छुटदिने नीति ल्याउनु ले सरकार कस्को पक्षपोषणमा लागेको छ भन्ने प्रष्ट हुन्छ भन्नुहुदै नेपाली कांग्रेस संबिधान , परिबर्तन एबं मुलुक र जनता को हितका लागि जस्तोसुकै निर्णय लिन पछि नपर्ने धारणा राख्नु भएको छ ।

 

 

मुलुकमा बिध्यामान राजनीतिक परिस्थिति , कोरोना महामारी बिच नेपाली कांग्रेस आफ्नो १४ महाधिवेशन कसरी सम्पन्न गर्ने भनी सक्रिय रहेको जानकारी दिनुहुदै महाधिवेशन सम्पन्नता बारे सोधिएको प्रश्नमा केन्द्रीय सदस्य किरण गिरीले भन्नुभएको छ :- कोरोना महामारी दोस्रो भेरियण्टको संक्रमण बिच नेपाली कांग्रेस मुलुकमा रास्ट्रपति र प्रधानमन्त्री द्वारा असंवैधानिक रुपमा गरिएको संसद विघटन विरुद्ध कानुनी र राजनीतिक लडाइँमा जुटिरहेको छ । बैकल्पिक सरकार निर्माणको तयारी साथ अगाडि बढेको नेपाली कांग्रेस अत्यन्तै तयारी र साबधानीका साथ आगामी निर्बाचन र पार्टीको १४ महाधिवेशनको तयारीको लागि जुट्नु परेको छ । आगामी भाद्र ७ देखी १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने कार्यतालिका सहित तयारीमा जुटेको नेपाली कांग्रेस कोभिड महामारी र घोषणा गरिएको अनुसार आगामी मंसिरमा चुनाब हुने भएमा आफ्नो संगठनलाई चुनाबको तयारिमा समेत लैजानु पर्ने हुन्छ ।

 

यसरी चुनाबमा जानू पर्ने अबस्थामा नेपाली कांग्रेसले संबिधान सम्मतरुपमा महाधिवेशनको राजनीतिक , ब्यबहारिक र न्यायीक निरुपण सहित महाधिवेशन तय गर्नु पर्ने देखिन्छ। नेपाली कांग्रेस यतिबेला संबैधानिक र संसदीय लडाइको मोर्चामा ५ दलिय बिपक्षी गठबंधन को नेतृत्व गरिरहेको छ । रास्ट्रपति र प्रधानमन्त्री को संसद विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध हामी अहिले न्यायीक र राजनीतिक लडाइँमा सक्रिय छौ । संसद पुनर्स्थापना भएमा सरकार निर्माण गर्दै कोरोना महामारी नियन्त्रण गरेर अन्तत चुनाब कै तयारीमा नेपाली कांग्रेस जुट्नु पर्ने हुन्छ । आगामी चैतसम्म स्थानीय तहको आबधिक निर्बाचनको लागी समेत नेपाली कांग्रेस अत्यन्तै तयारीका साथ जुट्नु पर्दछ।

 

पुरानै सदस्यता बाट महाधिवेशन गराउने कुरा अत्यन्तै असान्दर्भिक र पार्टीलाई खुम्च्याउने कुरा मात्रै हो । भर्चुअल महाधिवेशन र जिल्ला जिल्लामा चुनाब गराएर गर्ने महाधिवेशनले नेपाली कांग्रेस लाई समाबेशी , शसक्त र बलियो बनाउन सक्दैन । यो नेपाल को परिवेशमा त्यति ब्यबहारिक पनि होइन पनि । नेपाली कांग्रेसका सबै महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हरु संग यो सुबिधा को पहुँच र जानकारी नहुन सक्छ । हामीले यश पटक १० लाख क्रियाशील सदस्यता बितरणको लक्ष बोकेर सदस्यता बितरण अभियान थालनी गरेका थियौ । अहिले जेष्ठ १५ गते साझ सम्म ७ लाख ६१ हजार ८२ जना सदस्य हरुको नामावली नेपाली कांग्रेसको वेबसाईटमा सार्बजनिक भैसकेको अवस्था छ । जेष्ठ – २५ गते सम्म थप गरिएको म्याद भित्र ८ लाख ५० हजार भन्दा बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य हुने अनुमान गरिएको छ। सम्भवत असार दोस्रो हप्ता सम्म नेपाली कांग्रेस ले आफ्ना कृयाशीलल सदस्यहरुको नामावली सार्बजनिक गरि सक्ने छ । नेपाली कांग्रेसको क्रियाशील सदस्य युबा बर्ग बाट ४० प्रतिशत भन्दा बढी सहभागिता रहेको छ । यो नेपाली कांग्रेस संगठनको लागी अत्यन्तै उत्साह र सकारात्मक कुरा हो ।

 

यो बर्ग लाई समेटेर अगाडि बढ्दा अब कांग्रेसको संगठन अत्यन्तै शसक्त र प्रभावकारी हुने देखिन्छ । यो बर्ग लाई बाहिर पारेर वा नसमेटिकन महाधिवेशन मा जान हुदैन र सकिदैन। पार्टीको महाधिवेशन बैधानिक र संबैधानिक समयसीमा भित्र गर्नु पर्दछ , यो सत्य हो महाधिवेशन बिलम्ब भएकै भरमा मात्र पार्टी संबैधानिक संकटमा पर्छ भन्ने चाहिँ होइन नेकपा एमाले को महाधिवेशन ७ बर्ष देखि भैरहेको छैन भने माओवादी केन्द्र को महाधिवेशन पनि ७ बर्ष देखि भैरहेको छैन । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी ले आफ्नो महाधिवेशन गर्नु नै पर्दछ । यसमा विवाद छैन । महाधिवेशन बैधानिक र संबैधानिक मात्र नभएर पार्टी लाई जिबन्त राख्ने गतिशील मञ्च पनि हो । यसर्थ महाधिवेशन अपरिहार्य छ लाखौ क्रियाशील सदस्यको चाहना र भावनाको पनि संबोधन गरिनु पर्ने हुन्छ । एउटा लोकतान्त्रिक पार्टी भित्र कुनै पनि बिषयमा संबाद , छलफल र अन्तरक्रिया खुल्ला रुपमा हुनु स्वाभाविकै हो तर नेपाली कांग्रेस ले जे निर्णय गर्छ त्यो संस्थागत र पारदर्शी रुपमा गर्छ र त्यसै अनुसार अगाडि बढ्दछ ।

 

 

१४ औ महाधिवेशनको विधि र प्रक्रिया संक्षिप्त रुपमा पूरा गरि नेपालको संबिधान र पार्टी बिधान को समयसीमा भित्र केन्द्रीय समिति तय गरेर बर्तमान नेतृत्व र केन्द्रीय कार्यसमिति अगाडि बढ्नु पर्ने हुन्छ । के कसरी अगाडि बढ्ने हो त्यसको तय तत्कालै गर्नु आबस्यक देखिन्छ । यसको लागि सबै कानुनी प्रक्रिया तय गर्न आबश्यक निर्णय पार्टीको शिर्षनेतृत्व तह , पदाधिकारी तह र केन्द्रीय कार्यसमितिमा सर्बसम्मत रुपमा हुनु जरुरी छ र हुने छ भन्ने धारणा समेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले राख्नु भएको छ ।