२०७८ असार १ , मंगलबार

नागरिकता अध्यादेशविरुद्धका मुद्दा हेर्दाहेर्दैमा, अव अर्को पेशी जेठ २७ गते

Suprime Court#

सुनाखरी न्युज/  काठमाडौँ —

नागरिकता अध्यादेशविरुद्धका मुद्दा हेर्दाहेर्दैमा गएका छन् । सबै रिट माथिको सुनुवाइ नसकिएपछि शुक्रबार  मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । आज ४ रिटको सुनुवाइ भएको छ भने २ वटाको बाँकी रहेर हेर्दाहेर्दैमा गएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइका लागि वरिष्ठ न्यायाधीश सहभागी संवैधानिक इजलास गठन गरिएको थियो ।

 

प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका थिए । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई कोरोना संक्रमण भएपछि उनीभन्दा पछिल्लो वरीयताका न्यायाधीश खतिवडालाई संवैधानिक इजलासमा राखिएको हो ।

 

उक्त अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटी, वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टी लगायतले रिट दायर गरेका छन् ।