२०७८ असार २ , बुधवार

महिलाको लागि गर्भधारणको उचित समय कुन ?

couple-11

सुनाखरी न्युज/ काठमाडौं-

प्रजनन क्षमताका लागि उमेरको कुरा गर्ने हो भने यसमा महिला र पुरुषमा भिन्न भिन्नै प्रभाव हुनेगर्छ । धेरैजसो महिलालाई आफ्नो प्रजनन क्षमता सम्बन्धी अधिक जानकारी हुँदैन । महिलाको जन्म निश्चित अन्डको संख्यासँग हुन्छ, जुन उमेर बढ्दै जाँदा कम हुँदै जान्छ । एउटा उमेर चरणमा पुगिसकेपछि उक्त अण्ड सकिन्छ । र, त्यसपछि उक्त अन्ड बन्ने प्रक्रिया नै रोकिन्छ । जबकि पुरुषको शरीरमा विर्य बन्ने क्रम जीवनभर कायम रहन्छ । यस हिसाबले के भन्न सकिन्छ भने महिलाको हकमा गर्भधारण गर्नका लागि एक सीमित उमेर हुन्छ । जबकि पुरुष ६०–७० वर्षको उमेरमा पनि पिता बन्न सक्छन् ।

विज्ञका अनुसार उमेरको दोस्रो दशक वा २० वर्षको आसपासमा महिलाले स्वस्थ बच्चा जन्माउन सक्छिन् । यो त्यही उमेर हो, जतिबेला महिालामा प्रजनन क्षमता अत्याधिक हुन्ज्छ । दोस्रो दशकको सुरुवात र अन्त्यमा फर्टिलिटीमा कुनै अन्तर हुँदैन ।

महिलाको अण्डमा आनुवांशिक असामान्य हुने संभावना कम हुन्छ । त्यसैले यस उमेरमा कुनैपनि आनुवंशिक डिसअर्डर, जस्तो कि डाउन्स सिन्ड्रोम, थैलेसिमिया जस्तो बच्चा जन्माउने जोखिम कम हुन्छ । गर्भपातको खतरा केवल १० प्रतिशत हुन्छ ।

यदि कुनै महिला आफ्नो उमेरको तेस्रो दशक अर्थात ३० बर्षको आसपासमा गर्भवती हुन चाहन्छन् भने उनीहरुमा हरेक महिला गर्भवती हुने संभावना १५ देखि २० प्रतिशतसम्म हुन्छ । यसका लागि उनीहरुमा कुनैपनि किसिमको जटिल रोग हुनुहुँदैन । एक अध्ययन अनुसार उमेरको तेसो दशकमा महिलाहरु आफ्नो पहिलो प्रयासमै गर्भधारण गर्ने संभावना ३० प्रतिशत हुन्छ । जब महिला ३५ बर्षको हुन्छन्, उनीहरुको अन्डको गुणवत्त र मात्रा कम हुन थाल्छ । यसैले उनीहरुको प्रजनन क्षमता पनि घट्छ ।

३५ बर्षपछि गर्भधारण गर्ने संभावना स्वभाविक रुपले कम हुन्छ । यस उमेरमा जुम्ल्यहा बच्चा जन्माउने संभावना धेरै रहन्छ । यस उमेरमा गर्भधारण गर्दा बच्चामा आनुवंशिक समस्या हुने संभावना बढी हुन्छ । गर्भपतन हुने खतरा पनि रहन्छ ।

४० वर्षको उमेरमा गर्भधारण गर्नु असंभव कुरा होइन । यद्यपि ध्यान दिनुपर्ने कुरा के भने ४० वा ४४ बर्षको उमेरमा गर्भधारण गर्ने दर ५ प्रतिशतले कम हुन्छ । जबकि ४५ बर्षको उमेरमा यो दर १ प्रतिशत मात्र हुन्छ । सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार विश्वभरमा आधा महिला उमेरको चौथो दशकमा प्रजनन सम्बन्धी समस्याले पीडित हुनेगर्छन् ।