२०७८ असार १० , बिहिवार

अत्यावश्यक सेवामा खटिएका २४०० बढी सवारी साधनलाई सेवा पू¥याउदैं सिप्रदी

Emergency Vehicle Service

सुनाखरी न्युज/ काठमाडौं ।

सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा,खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नित,तथाफोहोर व्यवस्थापनमा खटिएका २४०० वटा भन्दा बढी सवारीसाधनहरुलाई सिप्रदीले गाडी मर्मतसेवा तथा सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदानगर्दै आईरहेको छ।
कोरोना संक्रमण नियन्त्रणका लागिनिषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्रीदुवानी गर्ने सवारी साधनहरुलाई सिप्रदीले सेवा पुर्याउदै आइरहेको छ। हालसम्मखाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नित, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४०० वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा प्रदानगर्दै आईरहेको कम्पनिले जनाएको छ।
आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाकानिम्ति सदैव सजगरहदैंआएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरुप सेवा प्रदान गर्न तत्पर रहेको कम्पनिले जनाएको छ। नेपालसरकारद्वारा जारी गरिएकास्वास्थ्य र सुरक्षासम्बन्धी सम्पूर्णनियमपालना गरी कम्पनिले आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरुको अथक साथले २४सै घण्टा अग्रभागमाखटिरहनु भएकाराष्ट्रका सेवकहरुलाई सेवा दिन तयार रहेको पनिजानकारी गराएको छ।
यसको साथै यस विषम परिस्थितिमासिप्रदीले २४ विभिन्न स्थानबाट सेवाकालागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिनआयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमासिप्रदीको टोल फ्रीनम्बर १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) सम्पर्क गर्न अनुरोध गरेको छ।