२०७८ असार ७ , सोमवार

ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीतिले मरुभूमिकरण लाई प्रोत्साहन : डा.लोहनी

prakash lohani

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीतिले मरुभूमिकरण निम्त्याउने बताएका छन् । यस्तो निर्णयले चुरे-भावर-तराईबीचको पर्यावरणको सन्तुलन ध्वस्त पार्ने उनको जिकिर छ ।

 

अध्यक्ष अलोहनीले नेपालको वाणिज्य नीतिले दिर्घकालिन आर्थिक विकास, समावेसी विकास र दिगो आर्थिक वृद्धि दरको लागि सरकारी प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै सरकारको निर्णय उल्लेखित लक्ष्यको विपरित रहेको दाबी गरे । जथाभाबी प्रकृतिमाथि हमला गरेर देश बनाउँछु भन्नु मूर्खताको पराकाष्ठा भएको उनको जिकिर छ ।

 

‘यसले गरिबलाई झन् गरिब र त्यस क्षेत्रमा मरुभूमिकरणलाई प्रोत्साहन गर्दछ । जथाभाबी प्रकृतिमाथि हमला गरेर देश बनाउँछु भन्नु मूर्खताको पराकाष्ठा हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो नीति केवल ढुंगा, गिट्टी निकासी गर्ने काममा लागेका सत्ताधारीहरु र उनीहरुका आसेपासेहरुको स्वार्थको लागिमात्र हो । अर्थमन्त्रीजीले यस्तो जालोबाट पर गएर यो नीति तुरुन्त खारेज गर्न मेरो सल्लाह छ ।’